बिकास सवैको आवश्यकताको कुरा हो । विकास सवैको चाहना अनुसारको हुनुपर्दछ भन्ने कुरा पनि अहिले निकै महत्वका साथ उठेको छ । हाम्रा गाउँघरमा भएका कतिपय बिकासहरु एकवर्ष नपुग्दै भगनावशेष हुने अवस्थामा पुगेका छन् । कतिपय गाउँमा कुन क्षेत्रको कति लगानी हो कहिले सम्झौता भएको हो, कहिले सम्पन्न गर्नुपर्ने हो भन्ने वारेमा समेत अन्यौलता छ । स्थानीय जनता वा उपभोक्ताहरुलाई समेत बिकासको बारेमा थाहा छैन् । यस्ता बिकासहरुले सँधै समस्या उत्पन्न गरेको देखिन्छ ।
जुन गाउँमा विकासको आवश्यकता छ त्यस्ता गाउँहरुमा जनभावना अनुसारको बिकास र विकास सँगै नयाँ प्रविधि दिन सके पक्कै पनि त्यस्ता बिकासहरु दिगो, पारदर्शी र जनपक्षिय हुन्छन् भन्ने गतिलो उदाहरण बनेको छ दुल्लुको सोलार पानी तान्ने प्रविधि ।
सोलार पाताको माध्यामबाट डाँडामा पानी ल्याएर दुल्लु नाउलेकटुवालका स्थानीयहरुले अहिले सुद्ध पानी पिउन पाएका छन् । जिल्लामा हुने बिकास गतिधिहरु दिगो नभएको चर्को बहस भएका बेला यस्ता कतिपय विकासका गतिविधिहरुले भने निकै प्रभाव पारेको देखिन्छ । यतीमात्र हैन् बिकास हाम्रो लागि भनेर जनताहरु सचेत भएको खण्डमा मात्रै गाउँ बिकासमा निकै धेरै सहजता हुने देखिन्छ । माथि डाँडामा गाउँ, एक हजार मिटर तल पानिको मुहान, एक गाग्री पानी लिन एक दिनको समय तय गर्नुपर्ने समस्या, तत्कालिन नाउलेकटुवाल गाविस हालको दुल्लु नगरपालिका २ का तीनवटा गाउँका स्थानीहरुले देखाएको बिकासप्रतिको चासो र योजनामा देखिएको गुणस्तरता कायम सँगै यस्ता बिकासहरु दिगो रुपमा संचालन गर्न अँझै स्थानीयको सक्रियता जरुरी देखिएको छ ।








